ललितपुर महानगरका शिक्षा अधिकृत पौडेल विरुद्ध विशेष अदालतमा मुद्दा दायर

ललितपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग १ लाख घुस मागेको पुष्टि भएपछि अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २०७९ फागुन १८ गते १ लाख घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको थियो।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया