बजेट अधिवेशन वैशाख २४ गतेदेखि, मिटरब्याजी पीडितलाई न्याय दिन अध्यादेश
![](https://www.khojmissionnews.com/wp-content/uploads/2023/05/मिटरब्याज-समस्या-सम्बन्धी-अध्यादेश.jpg)
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसद अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख २४ गते आइतबार अपरान्ह ४ बजेका लागि आह्वान गरेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेका हुन् । जेठ १५ गते आर्थिक वर्ष २०७९–८० को बजेट ल्याउनैपर्ने भएकाले यो अधिवेशनलाई बजेट अधिवेशनको रुपमा लिइन्छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया