प्रधानमन्त्रीसँग ओलीले गरे टोपबहादुरबारे छलफल,सांसदलाई बाटोबाटै हत्कडी लगाउनु पर्दैन
ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्न रहेको आरोप लागेका टोपबहादुर रायमाझीको विषयमा छलफल गरेका छन । बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै ओलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।
ओलीले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरेका छन । उनले भने निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने तर निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने उनले चेतावनीसमेत दिए ।
क्याटेगोरी : देश
प्रतिक्रिया