Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

गठबन्धनको विषयमा देउवा र ओलीबीच घमासान लडाईँ


काठमाण्डौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दावी गरेका छन् । शनिबार विराटनगरमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै देउवाले समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएकाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दावी गरेका हुन् । देउवाले रुख, कलम र गोलाकार भित्रको हँसिया हथांैडा चिह्नमा भोट हाल्न आफु तयार रहेको भन्दै कार्यकर्तामा अन्योलता आउन नहुने बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि गठबन्धन दलहरु देशपनि बेच्न तयार रहेको आरोप लगाएका छन् । शनिबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले मंगलबजारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रीत रहेको भन्दै सत्ता स्वार्थका लागि देशपनि बेच्न तयार रहेको आरोप लगाएका हुन् ।

उनले गठबन्धनले चूनाव जित्नका लागि पैसाको खोलो नै बगाएको बताए । जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने लगाएतका षडयन्त्र भइरहेको भन्दै ओलीले देशलाई भिडन्ततर्फ लाने षडयन्त्रलाई विफल बनाउनुपर्ने धारणा राखे ।

अहिले लाखौ रुपैया लिएर भूटानी शरणार्थीलाई परिचय पत्र दिएर विदेश उडाउने धन्दा सरकारले चलाइरहेको उनले बताए । उनुभयो । ओलीले गठबन्धन सरकारकै कारण मुलुकको न्यायलय सेटिङको अखडामा परिणत भएको जिकिर गरेका छन् ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode