Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत : प्रचारमुखी कि योजनामुखी ?


काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मोहन बहादुर बस्नेतले नेतृत्व गरेको ३ हप्ता भयो । उनी पनि उस्तै प्रचारमुखी मात्रै देखिएका छन् । काम गर्नुभन्दा पनि यो गर्छौँ त्यो गर्छौँ भन्दै प्रचार मात्रै गरिरहेका छन् । शुक्रबार मन्त्री बस्नेतको सचिवालयले स्वास्थ्य मन्त्रीले पत्रकार भेटधाट कार्यक्रम राखेको भन्दै खबर आयो । ठुलै उपलब्धि भएछ कि के हो भन्दै पत्रकारहरुको भिड लाग्यो । तर उनले केही ठुलै सफलता हासिल गरेको भन्दा पनि आफुले अब यो यो काम गर्दैछु है भन्दै प्रचार गर्ने पो बोलाएका रहेछन् ।

तर उनले काम गर्ने नै हो भने चाहीँ उनको योजना गलत छैन्न । मन्त्री बस्नेतले अस्पतालहरुमा थन्किएर दुई बर्षसम्म पनि प्रयोग नभएका स्वास्थ्य उपकरणहरुलाई आवश्यकता अनुसार अर्को अस्पतालमा पठाउने, जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पताललाई स्पष्टिकरण सोधिने, उपकरणहरु खरिद गर्दा न्युनतम सेवा मापदण्डले औँल्याए अनुसारका सामाग्री मात्रै मन्त्रालयको समन्वयमा खरिद गर्ने योना सुनाए । त्यसैगरी प्रत्येक अस्पताललाई आगामी २ बर्षको कार्ययोजना बनाएर पेश गर्न लगाउने बताए । त्यस्तै सबै संघीय अस्पतालमा ओपीडी अनलाईन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउने निर्देशन दिएको बताए ।

पत्रकार सम्मेलनके मौका छोपेर मन्त्री बस्नेतले शुक्रबार बेलुका नै विश्व स्वास्थ्य संगठन डब्लुएचओको महासभामा सहभागी हुन स्वीजरल्याण्डको जेनेभा जाने कार्यक्रम तय भएको जनाकारी दिए ।

उनले आफ्नो कार्यकालमा विदेश भ्रमणलाई व्यवस्थित बनाउने र कम गराउने योजना पनि सुनाए । मन्त्रालयका कर्मचारीहरुले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको विभिन्न प्रोजेक्टको नाममा विदेश भ्रमणमा जाने र उनीहरुले मन्त्रालयलाई गलत तरिकाले प्रभावमा पार्न खोजेको देखिएको मन्त्री बस्नेतले बताए । औचित्य पुष्टि नभएसम्म विदेश भ्रमण स्वीकृत नगर्ने समेत उनले सुनाए ।


क्याटेगोरी : खोज मिसन, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode