Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

प्रेस सेन्टर नेपाल ललितपुरमा बिद्रोह, अध्यक्षसहित ९ जनाद्वारा पद त्याग


काठमाण्डौ । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिका पदाधिकारीहरुले पदबाट राजीनामा दिँदै साधारण सदस्य मात्रै रहने निर्णय गरेका छन् । आजदेखि संगठनको वार्षिक साधारण सभा सुरु भएकै दिन असन्तुष्टि जनाउँदै अध्यक्ष रामहरी कार्कीसहितका पदाधिकारीले पद त्याग गरेका हुन् ।

विज्ञप्ति जारी गर्दै ९ जनाले पद त्याग गरेका हुन् । उनीहरुले पछिल्ला दिनमा सेन्टरको गतिविधिले जिल्ला समितिको काम र प्रतिष्ठामा असर पारिएको उल्लेख गरिएको छ । आत्मसम्मानमा ठोस पुर्याइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । तर भोलिका दिनमा पार्टीलाई आवश्यक पर्दा गर्नुपर्ने काममा कुनै असर पर्न नदिने प्रतिबद्धता पनि जनाइएको छ ।

पद त्याग गर्नेहरुमा अध्यक्ष रामहरी कार्की, उपाध्यक्ष गोपाल आलेमगर, सचिव दिपक अर्याल, सचिव राजु प्रसाद नेपाल, सहसचिव अनिल पन्त, सहसचिव निािरायण लिंखा देवान, कोषाध्यक्ष कृष्ण पौडेल, सदस्य राममणि घिमिरे र केन्द्रीय सदस्य प्रविनकुमार चौधरी रहेका छन् ।

आफू निकट पत्रकारहरु स्वार्थ र व्यक्तिवादी चरित्र हाबी भएकाले राजीनामा दिएको अध्यक्ष कार्कीले बताए । सेन्टरको ललितपुर शाखा देशकै सक्रिय जिल्ला संगठनको रुपमा चिनिएको छ । माओवादी निकट पत्रकारहरुको आधार क्षेत्रको रुपमा समेत ललितपुरलाई चिनिन्छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode