Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

बागमती प्रदेश सरकारले घटाएको सार्वजनिक यातायातको भाडादर कार्यन्वयन हुन सकेन ।


ललितपुर । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । तर, यातायात ब्यबसायीले भने कार्र्यान्वयन गरेका छैनन । वागमती प्रदेश अन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । तर, यात्रुहरुले भने पुरानै भाडा तिर्नुपरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि घटाइएको हो । तर, घटेको भाडादर लागु भने हुन सकेको छैन । भाडा घटेको सुचना प्रदेश राजपत्रमा प्रकाशित समेत भईसकेको छ । तर, कागजमा भाडा घटेपनी यात्रुहरुले भने पुरानै दरमा भाडा तिर्नुपरेको छ ।

यसअघि यातायात व्यवस्था विभागले अन्तरप्रदेश संचालन हुने यात्रुवाहक सवारी साधनको भाडादर पनी घटाएको थियो । तर, अन्तर प्रदेश यात्रा गर्ने यात्रुहरुले पनी पुरानै भाडामा यात्रा गर्नु परेको गुनासो गरेका छन । यातायात ब्यबसायीहरुले भने सेवा सुबिधा अनुसार भाडा लिने गरेको बताएका छन ।

यात्रुको सुविधालाई मध्यनजर गदै नर्मल, डिलक्स तथा एसि बसमा छुट्टाछुट्टै भाडादर कायम गरिएको व्यावसायी बताउछन् । यसरी सरकारले भाडा घटाएको भएपनि व्यवसायीले भने आफ्नो मनोमानि छाडेका छैनन् । सुविधायुक्त बस सेवा दिने भन्दै व्यावसायीहरुले यात्रुमार्फत मोटो रकम असुल गरिरहेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode