Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

नेपाल स्काउटका संयोजक भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड


ललितपुर । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई मलेशियन स्काउट महासंघ पीपीएम ले इन्टरनेशनल फ्रेन्डसिप गोल्ड अवार्डबाट सम्मानित गरेको छ । बीपी हाउस क्वालालम्पुरमा आयोजित समारोहमा स्काउटिंग अभियानमा उल्लेखनीय योगदान पुर्‍याउने बिभिन्न पाँच व्यक्तिहरूलाई यस सम्मानबाट बिभूषित गरीएको हो ।

पीपीएमका कार्यवाहक प्रमुख स्काउट मेजर जेनरल प्रा ःदातो, डाःमोहम्मद जिन बिन बिदिनले बिभूषण प्रदान गरेका हुन्। भण्डारी यो विशिष्ठ अवार्डबाट सम्मानित हुने पहिलो नेपाली हुन् । विगत लामो समयदेखी भण्डारीले नेपाल स्काउट तथा विश्वस्काउटको क्षेत्रमा गरेको योगदानको कदर गर्दै मलेसिया स्काउटले यो सम्मान प्रदान गरेको हो । नेपाल स्काउटको संघीय ढाचाँमा विकास गर्दै भण्डारीले देशभरकै ७५३ स्थानिय तहमा स्काउटको विकास र विस्तार गरेका छन । यस्तै भण्डारीको कार्यकालमा स्काउटको श्रोतको वृद्धि र अन्तराष्ट्रीय सम्बन्धको सुधार लगायतका कार्यहरु सफल भएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode