Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

महिला क्रिकेटमा नेपालको कमाल, घरेलु टिम मलेसियाविरुद्वको सिरिज कब्जा (तस्विरमा हेर्नुहोस्)


मलेसिया । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी–ट्वान्टी महिला सिरिजमा जित हात पारेको छ । घरेलु टोलीलाई विकेटले पराजित गर्दै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो । घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाईन् । सीता र कप्तान रुबिना क्षेत्रीले २६ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए ।

कप्तान रुबिनाले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा १५ ज्योती पान्डे रनमा अविजित रहिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । घरेलु टोलीका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाईन् । नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिईन् ।

पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।

तस्विरमा हेर्नुहोस् :

नेपाली महिला क्रिकेट टिम


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode