Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

विशंखुनारायणको शिरमा २१०० किलोको अष्टनागको मुर्ति निमार्ण गरिने

धार्मिक एंवम पर्यटकीय गन्तब्यका रुपँमा विकास गर्ने वडाको लक्ष्य


ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर दुईमा रहेको हिन्दुहरुको पवित्र धार्मिकस्थल विशंखुनारायणको मन्दिरमा २१०० किलोको अष्टनागको मुर्ति स्थापना गरिने भएको छ । गोदावरी नगरपालिका र वडा नम्बर दुईको विशेष पहलमा शुक्रवार एक कार्यक्रमकाविच गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले मन्दिर निमार्णका लागि औपचारीक शुभारम्भको घोषणा गरेका हुन ।

काठमाडौं उपत्यकाका चार नारायणमध्ये एक–बिशंखुनारायण मन्दिरको साँघुरो गुफाभित्र नारायणको मुख्य पूजास्थल छ । गुफाको बाहिरी भागलाई फलामे सिक्रीले घेरीएको छ । नारायणको मुख्य मन्दिरको माथील्लो भागमा २१०० किलोको अष्टनागको मुर्ति स्थापना गर्न लागिएको विशंखुनारायण सेवा सुधार समितिका अध्यक्ष श्याम सुन्दर विष्टले खोजमिसजन न्युज लाई जानकारी दिए ।

विष्टका अनुसार अष्टनागको मुर्ति स्थापनाका लागि गोदावरी नरगपालिकाले ३० लाख बजेट विनियोजन गरेको र अन्य बजेटका लागि श्रदालु भक्तजनहरु बाट सुन, चाँदी,तामा,पितल सकंलन गरेर मुर्ति निमार्ण गरिने बताए । यस्तै मन्दीरको पुननिर्माणको कार्यलाई तिव्रगतिमा अघि बढाईएको र मन्दीरको पुननिमार्ण कार्य पुरातात्वीक मापदण्डमा रहेर गरिने उनको भनाई थियो ।

एक वर्ष भित्र अष्टनागको मुर्ति निमार्णको कार्य सक्ने लक्ष्य लिएको वडा नम्बर दुईका वडा अध्यक्ष मनोहर सिलवालले जानकारी दिए । सिलवालका अनुसार धार्मिक एंवम पर्यटकीय स्थलका रुपँमा विशखुनारायण मन्दीर लाई स्वदेश तथा विदेश सम्म चिनाउने लक्ष्य सहित वडाले गुरुयोजना नै बनाएर अघि बढेको बताए । विशंखु नारायणको शिर भागमा २० फिटको झण्डा समेत राखीएको छ ।

उपत्यकाका तिनै जिल्लाबाट झण्डा देख्न सकिन्छ र यसले पर्यटक लाई आर्कषण गर्न विश्वास आफुहरुले लिएको उनको भनाई थियो । यस्तै विशंखुनारायण मन्दीरमा हरेक महिनाको एक गते विशेष आरती समेत हुदै आएको छ । शुभारम्भ कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी , विभिन्न वडाका अध्यक्ष , धार्मिक गुरुहरु र स्थानियहरुको सहभागिता रहेको थियो ।

किवदन्ती अनुसार विशंखुनाराण मन्दीरको महत्व यस्तो छ ।

धार्मिक दृष्टिले बिशंखुनारायण हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल हो । हरेक वर्षको हरिबोधनी एकादसीका दिन बिशंखुनारायणमा भव्य मेला लाग्छ । मन्दिर भएको डाँडाको प्राकृतिक बनावट आफैमा चाखलाग्दो छ । बर्षादको मौसम चारैतर्फ हरियालीले ढपक्क ढाकेको छ । यहाँसम्म आइपुगेपछि शान्त वातावरणमा भगवान नारायणको दर्शन र स्मरण गर्दै आनन्द लिन सकिन्छ ।

पौराणीक किंवदन्ती अनुसार भष्मासुरको कठोर तपस्यापछि भगवान महादेव प्रशन्न भए । भष्मासुरले कहिल्यै नमर्ने वरदान माग्यो । महादेवले प्रकृतीको नियमविरुद्धको बरदान दिन असमर्थता व्यक्त गरे । भष्मासुरले अर्को वरदान माग्यो, ‘मैले जसको शिरमा हात राख्यो त्यो भष्म होस’ । महादेवले ‘तथास्तु’ भनिदिए । जसको शिरमा हात राख्यो त्यो भष्म हुने भगवान् महादेवबाट वरदान पाएका भष्मासुर आफ्नो वरदानको परीक्षा गर्न महादेवकै शिरमा हात राख्न खोजेपछि भयभित महादेव भगवान् विष्णुको शरणमा पुग्छन ।

महादेवको उद्दार गर्न बिष्णु मोहिनी रुप धारण गरेर भष्मासुरसामु खडा हुन्छन । मोहिनीको सौन्दर्यमा भष्मासुर लठ्ठीएपछि महादेव भने भागेर गुफामा लुक्छन । मोहिनी रूप देखेर भष्मासुरले विवाह प्रस्ताव गरेपछि मोहिनीले आफू नृत्यङ्गना भएकाले आफूजस्तै नृत्य गर्न सक्ने मात्र योग्य वर हुने बताइन् । मोहिनीले जस्तै नृत्य गर्न भष्मासुर मञ्जुर हुन्छ ।

भष्मासुर मोहिनीसँग ताल मिलाएर नृत्यमा मस्त हुन्छ । मोहिनी आफ्नो हात शिरमाथि राख्ने मुद्रामा उभिन्छिन् । दक्षिणतर्फको डाँडा भष्मासुर भष्म भएको खरानीको थुप्रोबाट बनेकाले त्यसलाई भष्मासुर डाँडा र भगवान् महादेव लुकेर बसेको गुफालाई गुप्तेश्वर भनिन्छ । मोहिनीको रूप र नृत्यमा मस्त भष्मासुर आफूले पाएको वरदान बिर्सिएर आफ्नो टाउकोमा हात राख्न पुग्छ र जलेर भष्म हुन्छ । मोहिनी रूपधारण गरेका भगवान् विष्णु त्यहीँ गुफामा अन्तर ध्यान हुन्छन् । त्यहीँ स्थान बिशंखुनारायणले पुजिन्छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode