Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

३० लाख सापटी दिएर करोड बढी असुल्ने मिटरब्याजी महर्जन ललितपुरबाट पक्राउ


ललितपुर । प्रहरीले मिटरब्याजीको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ।ललितपुर महानगरपालिका वडा नम्बर १४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जन पक्राउ परेका हुन् । मर्हजनले ललितपुर महानगरपालिका वडा नम्बर ११ का ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख रुपैयाँ सापटी दिएर एक करोड बढी लिएको आरोप छ।

मनोजको जाहेरीपछि पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए। उनलाई ललितपुर १४ जुपिटरटोलस्थित घरबाट पक्राउ गरिएको थियो। उनको घरमा प्रहरीले तलासी गर्दा ७ करोड २९ हजार ७७ हजारको विभिन्न व्यक्तिहरूको नामको तमसुक २३ वटा बरामद भएको थियो।

ती तमसुक कतिपय वडाबाट प्रमाणित भएका, केही नभएका र केही म्याद नाघेका थिए।त्यस्तै विभिन्न बैंक तथा सहकारीको गरी १ करोड ३४ लाख रुपैयाँ बराबरको ३२ वटा चेक, ६ वटा चेकबुक र लालपुर्जा समेत उनको घरबाट बरामद भएको छ। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले ललितपुर जिल्ला अदालतबाट अनुमति लिएको छ


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode