Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने (परीक्षा तालिकासहित)


ललितपुर । माध्यमिक शिक्षा परीक्षा एसईई को पूरक ग्रेडवृद्धि परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । २०७९ साल चैत्र १७ देखि सञ्चालन भएको कक्षा १० को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भएका विद्यार्थीको बढीमा दुई विषयका लागि पुरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको छ।

बढीमा दुई विषयमा मात्र पुरक(ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आवेदन फाराम भरी प्रति विद्यार्थी रु ५०० राजश्व खाता नं १४२२३ मा जम्मा गरेको भौचर, प्रवेशपत्रको प्रतिलिपि र ग्रेडसिट [वेवसाइटबाट डाउनलोड गरेको] सहित सम्बन्धित विद्यालय मार्फत २०८० साउन २१ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्ने छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode