आरजुलाई रकम बुझाएको भन्ने अडिओ सन्देश शर्मासँग मिल्यो
![](https://www.khojmissionnews.com/wp-content/uploads/2023/07/Dr.-Arzu-Deuba-Rana.jpg)
ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा डा.आरजु राणा देउवालाई रकम बुझाएको भनेर सार्वजनिक भएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ । अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ ।
आरजुले यसअघि वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ । आरजुले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन् ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया