Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

मिटरव्याज सम्बन्धी कानून निष्किृय भएपछि पीडित सडकमा, न्याय दिलाउने गृहमन्त्रीको आश्वासन


काठमाण्डौ । मिटरव्याज विरुद्धको कानून पारित गराउनुपर्ने भन्दै मिटरव्याज विरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । यसअघि सरकारले ल्याएको मिटरव्याज सम्बन्धी कानून निष्किृय भएपनि संघर्ष समितिले छिटो उक्त कानून अघि बढाउन र पारित गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरदेखि बानेश्वरमा प्रदर्शन गरेको हो । उनीहरुले संघर्ष समितिसंग सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

यसैबीच मिटरव्याज पीडितको धर्नास्थल बानेश्वरमा पुगेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजमा मिटरव्याज पीडितलाई न्याय दिने आन्दोलन नरोकिने र हर हालतमा न्याय प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । पीडितहरुलाई न्याय दिनको लागि अध्यादेश ल्याएको र अध्यादेशको अवधी सकिएको कारणले निष्क्रिय भएको उनले बताए । विधयेक संसदमा रहेको र अस्वीकृत नभएको भन्दै विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाउने र कानून बनाइछाड्ने श्रेष्ठको प्रतिवद्धता छ ।


प्रदर्शनमा सहभागीहरुले मिटरव्याज सम्बन्धी कानून तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले नियोजित रुपमा यससम्बन्धी कानूनलाइ निष्कृय पारेको भन्दै आफुहरुले न्याय नपाएसम्म घर नफर्किने जनाएका छन् ।


क्याटेगोरी : जनगुनासो

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode