Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको त्याग र योगदानप्रति आत्मसात गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था सरकारले मिलाएको थियो ।

उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ६९ वर्षको उमेरमा दाहालको बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो । सीताको निधन भएको खबर पाएपछि सरकारका मन्त्रीसहित माओवादी नेता, कार्यकता, शुभेच्छुक तथा आफन्त नर्भिक अस्पताल पुगेका थिए । अस्पतालबाट सीताको पार्थिव शरीर पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

प्रधानमन्त्रीसहित रहेका प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सरकारका मन्त्री, बिभिन्न दलका नेताहरु, माओवादी पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक र आफन्तले पेरिसडाँडा पुगी श्रद्धाञ्जली दिएका थिए । पूर्व प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका नेता बिहानै नर्भिक अस्पताल पुगेका थिए । सीता पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन ।

आज बिहान स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । अस्पतालले हृदयघातबाट निधन भएको जनाएको छ । उनका दुई छोरी छन् । छोरा प्रकाश दाहाल र छोरी ज्ञानु केसीको निधन भइसकेको छ । छोरा प्रकाशको निधनपछि विक्षिप्त भएयता सीताको स्वास्थ्यमा समस्या देखिदै आएको थियो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode