त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै १०० किलो सुन बरामद
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको हो ।
अपरेशनका क्रममा झण्डै १०० किलो सुन बरामद भएको हो ।
बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।
विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरिएको छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया