Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

१ सय केजी सुनको सुराकी दिनेले ५० लाख पुरस्कार पाउने


राजस्व अनुसन्धान विभागले बुधवार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट पास भइसकेपछि विभागले नियन्त्रणमा लिएको थियो। सुराकीका आधारमा ब्रेक सुभित्र सुन रहेको सूचना विभागका अधिकारीहरले पाएका थिए ।

सुराकीले यो प्रकरणमा ५० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विभागका प्रवक्ता नवराज अधिकारीले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा २९ अनुसार सुराकीले पुरस्कार पाउने बताए। दफा २९ को उपदफा १ मा सुन, हिराको हकमा १० प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन घटी हुन्छ सो बराबरको रकम दिइने उल्लेख छ।


क्याटेगोरी : खोज मिसन, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode