Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

कांग्रेस केन्द्रीय समितिमा महामन्त्रीद्धयको गर्जन, नेतृत्व परिवर्तनको एजेण्डा नछोड्ने उद्घोष


काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकमा पार्टी पदाधिकारीहरुले सम्बोधन गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा विधिको कुरा उठाउँदा सभापतिलाई खुइल्याएको रूपमा अर्थ लगाउन नहुने बताए । उनले छलफल र आलोचनाबाट नै पार्टी शसक्त हुँदै जाने दाबी गरे ।

त्यसैगरी अर्का महामन्त्री गगन थापाले कांग्रेसमा भएका समस्याबारे निर्मम समीक्षा हुन नसके पार्टीलाई नै क्षति पुग्ने दाबी गरे । बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीभित्रको समस्याबारे आवाज नउठाएको र आफ्नो आलोचना मात्र गरेको उनको दुखेसो थियो । सभापति शेरबहादुर देउवा विधि सम्मत हिडेमा आफूहरु आलोचना गर्न बाध्य नहुने उनको भनाइ थियो । कमजोरीको भारी विधानलाई बोकाएर नेतृत्वले उन्मुक्ति नपाउने भन्दै थापाले विधानमा समस्या भए संसोधन गर्नुपर्ने दाबी गरे ।

विधानमा दुई दुई महिनामा बस्नुपर्ने भनिएको केन्द्रीय कमिटी बैठक एक वर्ष पछि मात्र बोलाईएको भन्दै उनले अव बैठक सकिएकै दिनमा अर्को केन्द्रीय कमिटी बैठकको मिति तोक्नुपर्ने प्रस्ताव गरे । कांग्रेसमा सबै ठिकठाक छ, समस्या गगन थापा मात्र हो जस्तो गरेर सदस्यहरुले विषय राखेको भन्दै उनले आफू पार्टीको समस्या नभइ समस्याको सुधारक बन्न खोजेको दाबी गरे ।

त्यसैगरी महामन्त्री थापा सरकारविरुद्ध पनि कडा रुपमा प्रस्तुत भए । अर्थतन्त्र डामाडोल रहेको बेला नेपाली कांग्रेसले अर्थ मन्त्रालय सम्हालेको भन्दै उनले अवधि खुलाएरै यी यी समस्या समाधान भए भनेर जनतामा जान सक्नुपर्ने बताए । सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गर्न नसके त्यसले पार्टीमा क्षति हुने उनको भनाइ थियो । त्यसैगरी उपसभापति धनराज गुरुङले सरकारको कामको बचाउ गरे । नागरिकता विधेयक र मिटरव्याजसम्बन्धी विधेयक पास हुने सरकारको उपलब्धी भएको उनले दाबी गरे । सरकारले गरेका राम्रो कामको पनि कांग्रेसले आलोचना गरेको भन्दै कुरै नबुझी पार्टीका नेताहरुले प्रतिपक्षीसँगै उभिएर विरोध गरेको भन्दै उनले आपत्ति जनाए । राम्रो कामको स्वामित्व ग्रहण नगरे पार्टीलाई नै क्षति हुने उनले बताए ।

गत असार २ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम चरणमा पुगेको छ । अब बुधबार मात्रै बैठक बस्ने छ । उक्त दिन सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने निर्णय सार्वजनिक गर्ने बताइएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode