Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा ]जिल्ला संयोजक खड्काले कुटे पत्रकार


ललितपुर । बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका छन । बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ ।

खड्का स्वयं उक्त होटलका सञ्चालक हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन् । मंगलबार पत्रकार महासंघ शाखाका अध्यक्ष शैलेन्द्र रोकाया र चौतारीका तर्फबाट सहसचिव सुरश धामीले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै प्रेस विरोधी कार्यको भर्त्सना गरेका छन्।

महासंघ शाखाको विज्ञप्तिमा भनिएको छ,स्वतन्त्र सन्चारकर्ममा जुटेका पत्रकार मण्डेलमाथि भएको कुटपिटको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको महासंघको ठहर छ, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुको साटो पत्रकारलाई अमानवीय व्यवहार गरेको घटनाको यथासीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछौँ

त्यस्तै प्रेस चौतारीले विभिन्न ठाउँमा भएका अनियमितताविरुद्ध कलम चलाउँदा पत्रकारमाथि कुटपिट गरेर बसिरहेको ठाउँ छोड्न बाध्य बनाउनु भत्र्सनायोग्य रहेको उल्लेख गरेको छ । चौतारीले व्यक्तिगत रिसिइबी भए एक आपसमा मिलेर समाधान गर्न आग्रहसमेत गरेको छ ।

पत्रकार कुट्ने खड्का पहिले नेपाली कांग्रेसमा आवद्ध रहँदै विवेकशील साझामा प्रवेश गरेका थिए । केही समय पहिले साझा पार्टी त्यागी रास्वपा प्रवेश गरेर जिल्ला संयोजकको भूमिका निर्वाह गर्दै आएका छन् ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode