भ्रष्टाचारविरुद्धको अभियान रोकिन्न : गृहमन्त्री श्रेष्ठ

ललितपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने बताएका छन् । गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले निर्दोष नपरून् दोषी नछुट्ने गरी काम गरिरहेको बताए । उनले भने, सुन प्रकरणमा हामीले समग्र अनुसन्धान गर्दैछौंअनुसन्धानलाई जरैसम्म पुन निर्देशन दिएका छौँ। त्यसका आधारमा सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ।
यस्तै , त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेकोबारे पत्रकारहरुले मागेको प्रतिक्रियामा मन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताए ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया