अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीको सदस्य पदमा रवि अर्यालको उम्मेदवारी
पोर्चुगल । गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका सचिव रवि अर्यालले जुलाई ३० मा हुने संघको ९ औं अधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीको सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन् । अर्यालले वर्तमान कार्यसमितिमा सचिव पदमा रहेर काम गरिरहँदा पनि आफूले कर्तव्य कहिल्यै नभुलेको एनआरएनएका हरेक गतिविधिमा सक्रिय भएर लागेकालेआइसीसीमा गएर काम गर्न पनि आफूलाई नैतिक बल मिलेको बताएका छन् ।
उनले संघ नेपाल बाहिर रहेका नेपालीको हक अधिकारको सुरक्षा लागि र एनसीसी र केन्द्रबीच कोसेढुंगा सावित भएको बताएका छन् । उनले संघलाई सकेसम्म विवादरहित बनाउन आफूले भूमिका खेल्ने बताएका छन् । अर्यालले अबको एनआरएनएलाई प्रविधिमैत्री बनाउने पर्नेमा जोड दिँदै आफू विजयी भए यो कुरा लागू गर्न पहल गर्ने बताए । ‘अबको जमना प्रविधिको जमना हो संसार क्रृत्रिम बौद्धिकता आर्टिफिसेल इन्टिलेजेन्ट एआईको हो’, उनले भनेका छन्, ‘परम्परागत ढर्राबाट चलिरहेको एनआरएनको छिटो छरितो र सहज ढंगले काम गर्ने वातावरण बनाउन म भूमिका खेल्नेछु ।’
निर्वाचनमा प्रतिस्पर्धा गरिसकेपछि हारजीत जे भए पनि त्यसलाई सहर्ष स्वीकार गर्ने उनले बताएका छन् । जीत हात पारे प्रतिबद्धताअनुसार काम गर्ने र पराजित भए विजेतालाई सहयोग गरी अघि बढ्ने उनको भनाइ छ । १० वर्ष देखि पोर्चुगलमा व्यवसाय गर्दै आएका रवि चितवन समाज पोर्चुगलका अध्यक्ष समेत हुन् ।
क्याटेगोरी : देश, विदेश
प्रतिक्रिया