Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

रक्सी पिउन लाइसेन्स अनिवार्य नमान्नेलाई हरेक पटक जरीवाना


ललितपुर । जुम्लाको गुठिचौर गाउँपालिकामा रक्सी सेवन गर्नेहरुले भदौ १ गते बाट रक्सी सेवन कार्ड अनिवार्य लिनुपर्ने भएको छ । गाउँपालिकाको मदिरा नियन्त्रण कार्यविधि २०८८० पास भएसँगै यो नियम कार्यान्वयनमा आउन लागेको हो । गाउँपालिकाले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ । गाउँपालिकाका अनुसार रक्सी सेवन गर्न चाहनेले साउन भित्रै यस्तो कार्ड लिनुपर्ने भएको छ ।

पाहुना आएका व्यक्तिले रक्सी सेवन गर्न चाहेमा अतिथि मदिरा सेवन कार्ड लिनुपर्ने समेत गाउँपालिकाले जनाएको छ । रक्सीको बिक्री वितरणका लागि इजाजत अनिवार्य गर्दै गाउँपालिकाले यस्तो इजाजत लिन, नवीकरणको काम समेत साउन भित्रै गरिसक्न सूचित गरेको छ । यस्तै गाउँपालिकाले सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य केन्द्र, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालय भन्दा ५ सय मिटर टाढा मात्र रक्सी पसल खोल्न पाइने ब्यवस्था गरेको छ । साथै नियम नमान्नेहरुको हकमा पहिलो पटक १ हजार जरिवाना र त्यसपछि हरेक पटक २ हजार जरीवानाको ब्यवस्था गरेको सुचनामा उल्लेख छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode