Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

सरकारलाई जसपाले दियो कडा चेतावनी, गौर हत्याकाण्ड छानबिन गर्न समितिको माग


काठमाण्डौ । जनता समाजवादी पार्टीले गौर हत्याकाण्ड र मधेश आन्दोलन लगायतबारे सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै जसपाले पछिल्लो पटक सरकार र गौर हत्याकाण्डका पीडितहरु बीच भएको सम्झौताप्रति आपत्ति जनाउँदै रहस्यमय भनेको छ ।

घटना लगतै राजनीतिक पूर्वग्रहका आधारमा दर्ता भएको जाहेरीकै आधारमा गौर घटनाको अनुसन्धान गर्ने सहमतिप्रति आफूहरुको विमती भएको जसपा नेताहरुले बताएका छन् । त्यस्तै जसपाले २०६४ साल फाल्गुन १३ गते नेपाल सरका र तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबीच भएको सम्झौता तथा २०६४ साल फाल्गुन १६ गते सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सम्पन्न सम्झौताहरुको सरकारद्वारा ठाडो उलंघन भएको दाबी गरेको छ । पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहसहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे ।

तराई÷ मधेश÷ थरुहट लगाएतका क्षेत्रमा बिभिन्न राजनीतिक दलहरुको गरेको आन्दोलनका क्रममा भएको घटनाहरुको सत्यतथ्य छानविन सम्बन्धी लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गरेको छ । जसपाले घटनाको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठनको माग समेत गरेको छ । २७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी ७ चैत २०६३ मा भएको घटनाका पीडितहरुले आन्दोलन थालेपछि गृह मन्त्रालयले २३ साउनमा पाँचबुँदे सहमति गरेको थियो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode