हात्ती दिवसको अवसरमा चितवनको सौराहामा हात्तीलाई वनभोज
![](https://www.khojmissionnews.com/wp-content/uploads/2023/08/hatti.jpg)
चितवन । १२ औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्राङ्गढमा वनभोज खुवाइएको हो । हात्ती दिवसको अवसरमा हरेक वर्ष हात्तीलाई फलफूल, सखर, सहितको भोजन खुवाइने गरिन्छ ।
सौराहामा निजी स्तरमा सञ्चालित तथा सरकारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई पोष्टिक आहारको रुपमा केरा, स्याउ, उखु, खर्बुजा, चना खुवाइएको थियो ।
कार्यक्रममा सहभागीहरुले हात्तीलाई लोप हुनबाट बचाउन यसको आवश्यकता महसुस गरी संरक्षणमा नीतिगत व्यवस्था गर्नुपर्ने बताएका थिए । नेपालमा जंगली तथा घरपालुवा गरी करिव ५ सय हात्ती रहेको तथ्याङ्क छ । सन २०१२ देखि क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको थियो ।
क्याटेगोरी : देश
प्रतिक्रिया