Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

एमाले अध्यक्ष ओलीले दार्चुलाबाट प्रचार प्रसार सुरु गर्ने


धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विहिबार धनगढी पुगेका छन् । दार्चुलाबाट चुनावी देश दौडाहाको सुरुवात गर्न ओली सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी पुगेका हुन् । ओलीले धनगढीमा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्यक्रम छ ।

ओली सरकारको पालामा चुच्चे नक्सा जारी भएकाले उनको राष्ट्रवादी छवी प्रस्तुत गर्न एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । ओलीले दार्चुला सदरमुकामको चुनावी सभालाई संवोधन गरेपनि भारतको कब्जामा रहेको नेपाली भुभागसम्म उनी पुग्नेछैनन् । ओलीले दार्चुलाको चुनावी सभासहित ४० ओटा सभालाई संवोधन गर्ने एमालेले जनाएको छ ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode