विचौलिया हाबी हुदाँ जार र बोटलको पानीमा उपभोक्ता ठगीदै संघको यस्तो आग्रह
सघंले विचौलियको अन्त्य गर्न सक्ला त ?
ललितपुर । नेपाल बोटल वाटर उद्योग सघंले जार र बोटलको पानीमा विचौलियाको रजगज भएको बताउदै त्यसको अन्त्य हुनुपर्न माग राखेको छ । विहिवार सघंको केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सघंले प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले कायम गरेको मुल्य कार्यन्वयनमा ल्याउन सबैसगँ अपिल गरेको हो ।
सघंका अध्यक्ष धुव्र गौतमले समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारवाही गछौ त्यसका लागि अनुगमन लाई तिवताका साथ अघि बढाईले उनले बताए ।
समितिले उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैयाँसम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैयाँसम्म र बोतलको पानीमा प्रतिवोतल २० रुपैयाँ कायम गरेको छ तर विचौलियाका कारण जार र बोटलको पानी पसलै पिच्छे फरक हुदाँ आम उभोक्ताहरु ठगीदै आएका छन ।
वाणिज्य विभागले २०७७ भदौ १० गतेबाट लागु हुने गरी जारको पानीमा प्रतिजार ५० रुपैयाँ र बोतलमा प्रतिबोतल १६ रुपैयाँ अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोकेको थियो
क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया