Techie IT
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

श्रमिकको न्यूनतम पारिश्रमिक १७,३०० पुग्यो


ललितपुर । सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक केही बढाएर तोकेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुगेको जनाएको हो।

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम बढेको तलब साउन १ गतेदेखि नै लागु हुने जानकारी दिएको छ। आधारभूत पारिश्रमिक १० हजार ८२० छ। महंगी भत्तासहित १७ हजार पुगेको जनाइएको छ। यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रहेको थियो। दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रतिघण्टा ८० रुपैयाँ तोकिएको छ।

आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको राजपत्रमा उल्लेख छ।


क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode