ललितपुरका यी क्षेत्रहरुमा शनिबार साढे आठ घण्टा विद्युत आपूर्ति प्रभावित हुने

ललितपुर । ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको हो ।
प्राधिरकरणले जारी गरेको सूचनामा लेखिएअनुसार हाल टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले जारी गरेको यो सुचना हेर्नुहोस
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया