Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

साना तथा मझौला व्यवसायी उद्यमीहरूलाई हरसम्भव उत्प्रेरित तथा सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल


ललितपुर । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्यमीहरूलाई हरसम्भव उत्प्रेरित तथा सहयोग गर्न सरकार तत्पर रहेको वताएका छन ।

साना तथा मझौला व्यवसायी महासंघ, नेपालले महिलाहरुको महान पर्व तिजको अवसर पारेर आज बुधबार ललितपुरमा आयोजना गरेको ५ दिने महिला उद्यमी मेलाको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धि तर्फ जाने धारणा राख्नुहुँदै उद्यमीहरुलाई सहयोग गर्नु पहिलो कर्तव्य भएको बताएका हुन ।

नयाँ योजना र विचारका साथ मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्नेमा सरकार प्रतिवद्ध छ । उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धि तर्फ जान्छ भन्ने कुरामा हामी विश्वस्त छौं। सरकार उद्यमीलाई हरसम्भव सहयोग गर्न तत्पर छ । हामीहरू तपाईंहरुबाटै निर्वाचित भएका हौ ।हामी तपाईंहरुको प्रगतिका साथसाथै समृद्धिको पक्षमा छौं । मन्त्री रिजालको भनाई थियो ।
त्यस्तै, हस्तकला महसंघका पूर्व अध्यक्ष तथा ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ धर्मरत्न शाक्यले महिलाहरुले उत्पादन गरेका हरेक उत्पादनलाई स्थानीय तथा विश्व बजारमा पुर्‍याउने गरि नीति निर्माण गर्न सरकारलाई आग्रह गरे । साना तथा मझौला व्यवसायी महासंघ, नेपालको आयोजनामा आजबाट सुरु भएको मेला ५ दिनसम्म सञ्चालन हुने छ ।


क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode