प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

हान्जाउ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । अमेरिकामा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर चीन पुगेका प्रधानमन्त्री प्रचण्ड र सीबीच हन्जाउको सिहु स्टेट गेस्ट हाउसमा भेटवार्ता भएको हो ।
चिनियाँ समयअनुसार साँझ ५ बजे भेट भएको हो । भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको बता ए। एसियाली खेलकुदको व्यस्तता हुँदा पनि आफूसँग भेट गरेकोमा सीको प्रशंसा गरे ।
करिब आधाघण्टा भएको भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड र सीबीच भेट हुनुअघि दुई देशका अधिकारीबीच उच्चस्तरीय बैठक भएको थियो । उक्त बैठकमा पनि राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।
प्रधानमन्त्री प्रचण्ड आजै १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यसपछि उनी बेइजिङ जाने कार्यक्रम छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया