Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

अमेरिका तथा चीन भ्रमणका ४० बुँदे उपलब्धी र घटनाक्रम सुनाउँदै प्रधानमन्त्री प्रचण्ड


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल प्रचण्ड चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् । ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका दाहालले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।

प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधान मन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, पर्यटनमन्त्री सुदन किरातीलगायतले स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले आफनो अमेरिका र चीन भ्रमण पूर्ण सफल भएको बताए । चीनसंग बिभिन्न १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको जानकारी दिँदै उनले पुराना सहमतिको कार्यान्वयनमा विशेष जोड दिइएको बताए । आफनो भ्रमण र भएका सम्झौताले नेपाल चीन सम्बन्धलाइ थप उचाइमा पुगेको उनले बताए ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसंग दुई देशको बहुआयामिक सम्बन् लाई प्रगाढ बनाउन खुलेर कुरा भएको उनले बताए । नेपाल एक चीन नीतिमा दृढ रहेको जनाउँदै उनले पन्चशिलको सिद्धान्तका आधारमा कुटनीतिक सम्बन्धबारे छलफल भएको उनको भनाइ छ । चीनसंगको व्यापार र अन्तरदेशिय यातायातलाई बढावा दिने सहमति भएको जनाउँदै उनले पोखरा बिमानस्थलमा उडान गराउने बिषयमा पनि सकारात्मक छलफल भएको जानकारी दिए ।

नेपालमा चिनियाँ लगानीकर्तालाई लगानी गर्न प्रोत्साहन गरिएको समेत उनले बताए । आफूलाई चिनियाँ सेनाले सम्मानगारतसहित १९ तोपको सलामी दिएको, नेपालको उत्तरी सिमा क्षेत्रका बिकट क्षेत्रमा विद्युत पहुँच, सौर्य प्रणाली जडान र सिमा नाकाको पुनः सन्चालनको सहमति भएको जानकारी पनि उनले दिए ।

यस्तै, चीनले अरनिको राजमार्गको चौथोपटक पुनर्निमाण गरिदिने, टोखा छहरे सुरुङमार्ग र चक्रपथ निर्माण सुरु गर्ने सहमति भएको जानकारी पनि उनले दिए । यस्तै, हिल्सा सिमिकोट, नेपाल चीन पावर गृड समझदारी पत्र , शिक्ष, योजना आयोग र कृषि मत्स्यपालन, हरित गृहमा सहकार्य , डिजिटल अर्थतन्त्र सहकार्य लगायतका विषयमा पनि महत्वपूर्ण सहमति भएको उनले बताए । मुस्ताङको केरला, ओलाङचुङगोला, किमाथान्का नामा सञ्चालनमा ल्याउने र यी सबैको पूर्वाधार चीनले बनाइदिने जानकारी पनि उनले दिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode