Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमण सफल भएको प्रचण्डको दाबी


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमण सफल भएको बताएका छन् । आइतबार संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउदै प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र अन्तराष्ट्रिय समुदायको सद्भाव हासिल गर्न सफल भएको दाबी गरेका हुन् ।

नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रसंघ र संसारको सद्भाव प्राप्त गर्नका लागि र नेपालमा द्वन्द्वबाट शान्तिमा रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासको लक्ष्यहरु कार्यान्वयन र जलवायु परिवर्तनको प्रभावहरुबारे नेपाल लगायत अतिकम विकसित देशहरुको लागि विश्व समुदायको ध्यानाकर्षण गर्ने विषयमा नेपाल देखिने गरि प्रस्तुत हुन सफल भएको छ, दाहालले भने ।

चीन भ्रमणले चार बर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थीतिको अन्त्य भएको उनको भनाई छ । चीनमा रहदा द्विपक्षीय वार्तावाट छिमेकीहरुका संवेदनशील बिषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको र राजनीतिक तहमा विश्वासको वातावरण बनेको प्रधानमन्त्रीको भनाई छ । पूर्वाधार निर्माण, व्यापार लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग र सहकार्यलाई तिव्रता दिने मार्गप्रशस्त भएको जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघमा दीगो बिकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगाएत अति कम विकसित मुलुकहरुका चूनौति र समाधानका लागी विश्व समुदायको ध्यानाकर्षण गराउने बिषयमा सफलता मिलेको दावी गरे ।

दाहाल अमेरिका र चीनको १५ दिन लामो भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किएका हुन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode