बझाङमा भूकम्पपछि एक जना बेपत्ता, १३ जना घाइते, भौतिक संरचनामा क्षति

बझाङ । बझाङमा गएको भूकम्पमा पनि एकजना बेपत्ता भएका छन् । भुकम्पमा परि अन्य १३ जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएको छ ।
मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले विभिन्न जिल्लामा क्षति पुर्याएको थियो । हालसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प थियो । भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो । भुकम्पका कारण त्यहाका दर्जनौं घरहरु भत्किएका छन् । विद्यालय र पुराना सरकारी कार्यालयमा पनि क्षति पुगेको छ ।
भूकम्पका कारण तलकोट गाउँपालिकाको सुनिकोट मावि, जयपृथ्वी नगरपालिकाको सत्यवादी मावि लगायतका दर्जनौँ विद्यालयमा क्षति पुगेको छ । जिल्ला सदरमुकाममै रहेको बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ । ‘पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षति भने हुन पाएन ।
भुकम्पका कारण जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्ध भएको छ । भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँस्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया