बाउल्श सेक्युरिटी सर्भिस प्रालिका संचालक गौतम २ लाख धरौटीमा रिहा

ललितपुर । बाउल्श सेक्युरिटी सर्भिस प्रालिका संचालक सुर्य प्रसाद गौतम (रमेस) दुई लाख धरौटीमा पुर्पक्षका लागि तारिखमा रिहा भएका छन् । निज सुर्य प्रसाद गौतम अपराधिक विश्वासघात मुद्दामा अनुसन्धानको लाग २०८० भाद्र १० गते जिल्ला अदालत लगनखेलबाट अपराधिक विश्वास घातमा पक्राउ पुर्जी जारी गरिएको थियो निज गौतम फरार थिए ।
२०८०÷५÷२१ गते उनलाई भाडामा बस्दै आएको इमाडोल घरबाट पक्राउ गरि जाउलाखेल प्रहरी परिसरले आवश्यक अनुसन्धान गरि ललितपुर सरकारी ओकिलको कार्यलयमा बुझाई निज प्रतिबादी सुर्य प्रसाद गौतमलाई बयान र थुनछेक बहसका लागि जिल्ला अदालत लगनखेल २०८०÷६÷१६ गते पेस गरेको थियो । निज सुर्य प्रसाद गौतम २०६५ साल देखि सत्कार सेक्युरिटी सर्भिस प्रालिमा सुपरभाइजर सहित लेखाको काम गर्दै आएका थिए ।
२०७७ असोजमा उनी सेवाबाट राजिनामा दिएर सत्कार बिरुद्ध श्रम कार्यालयमा सेव सुबिधा नपाएको भन्दै मुद्दा हालेर सत्कारका संचालक अनिता घिमिरेलाई दुःख दिदै आएका थिए । सुर्यप्रसाद सहित अन्य श्रमिकले पाउनु पर्ने रकम २०७९ कार्तिक २४ गते श्रमको निर्णय अनुसार १५ प्रतिसत ब्याज सहित किस्ताबन्दीमा दिने सहमती भएको थियो । उनी कार्यालयमा नआई फेसबुक मेसिन्जरबाट राजिनामा र हिसाब सरसमान र सत्कार सेक्युरिटी प्राली को कनेक्ट आईपिएस को युजर आइडी र पासवर्ड पठाएका थिए । गौतमले पठाएको आइपिएस युजर नेम खोली हेर्दा निजले बिभिन्न समयमा आफ्नो कम्पनीको भ्याट आफ्नो र आफ्नो आफन्तको नाममा विभिन्न मितिमा १६ लाख ८० हजार ५ सय पचास रुपैया कनेक्ट आइपिएसबाट रकम ट्रान्सफर गरी अपराधिक बिश्वासधातमार्फत सत्कार सेक्युरिटी संचालक अनिता घिमिरेलाई ठगी गरेका थिए ।
क्याटेगोरी : देश
प्रतिक्रिया