Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

वीर अस्पतालका स्वास्थ्यकर्मी निकालिएपछि विरामीको बिचल्ली


काठमाण्डौ । वीर अस्पतालमा जाने भनेपछि सधैँको जसो भिडभाड र टिकट दिनका लागि पनि दिनभर कुर्नुपर्ने समयमा उपचार नपाउने एउटा समान्य उपचारका लागि पनि कयौ दिन धाउनुपर्ने यो समस्या आजको होइन । यसैको सुधारको लागि स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले निकै भाषण छाँटे । तर अस्पतालमा पुगे पछि बिरामी र बिरामीका आफन्तले भोग्ने पिडा मन्त्री बस्नेतलाइ के थाहा ?

वीर अस्पतलको पुरानो बिल्डिङमा रहेको फिमेल मेडिकल बार्डमा रहेको बेड भरीभराउ छ । केही विरामी चिसो भूइमा छन् । बेड नभएको कारणले बिरामी भूइमा बसेका होइन्न । तर बेडहरु थन्काइएको छ । बेड सञ्चालन गर्नएका लागि कर्मचारीको नभएको भन्दै बेड थन्काइएको रहेछ । तर भर्ना हुनै पर्ने बिरामीले बेड पाएका छैन्न । कोही बिरामीलाइ बाहिरैबाट फर्काइकएको छ । कोही सिकिस्तै भएका बिरामीलाई समेत चिसो भुइमा राखिएको छ ।

बार्डबाट मात्रै ७ जना कर्मचारी गरि पुरै अस्पतालबाट करारका २ सय ७६ कर्मचारीलाई तलब खुवाउन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले एकैपटक हटाएका हुन् । अहिले यो वर्ड लगाएत इर्मेजेन्सिमा कार्यरत कर्मचारीलाइ समेत हटाउदा विर अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ ।

कर्मचारीको अभाव रहेको र अस्पतालमा ठुलो मात्रामा दरबन्दि खालि रहेको अस्पतालम प्रशासन स्वीरकार गरेको छ । तर मन्त्री बस्नेतलेनै रिक्त रहेको दरबन्दि नबढाइ भएको कर्मचारी निकाल्दा प्रशासन समेत मन्त्रीकै लहलहिमा लागेर निहिर बनेको छ ।

जनशक्ति अभाव हुने देखिएपछि अस्पताल प्रशासनले शड्ढया नै घटाएको हो । हाल ब्लड बैंक, इमर्जेन्सी, ल्याबलगायतमा जनशक्तिको अभाव छ । दिनहुँ बिरामी बढे पनि जनशक्ति घटेकाले उपचार लिन कठिन हुने गरेको छ । हाल हटाइएका स्वास्थ्यकर्मी कोभिडकालमा भर्ना गरिएको थियो । यी स्वास्थ्य कर्मीहरु दैनिक वीर अस्पताल र स्वास्थय मन्त्रलाय धाइरहेका छन् । चाडपर्वको मुखमा आफुहरुलाइ हटाएको भन्दै उनीहरु बिचल्लीमा छन् । यता बिरामीहरुले स्वास्थय कर्मीको अभावले उपचार सेवाबाट बञ्चित हुनुपर्ने अवस्था आएको छ ।


क्याटेगोरी : देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode