Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

इजरायलबाट आइपुगे विद्यार्थी, विमानस्थलमा परिवारसँग अंकमाल, सरकारलाई धन्यवाद


काठमाडौं । इजरायलबाट २५४ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौं फर्किएको छ । बेन गुरियन विमानस्थलबाट हिजो अपरान्ह उडेको जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका परिवारजनको खुशीको सीमा थिएन । परिवार र विद्यार्थीले सरकारलाई धन्यवाद व्यक्त गेका तन् । परिवारजनहरू भावविव्हल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका देखिन्थे ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको जहाज इजरायलमा जोखिममा रहेका नेपालीको उद्धारका लागि पठाइएको थियो । मन्त्री साउदले मृतकको शव ल्याउनका लागि इजरायल सरकारसँग समन्वय गरिरहेको र पोष्टमार्टमलगायतका प्रक्रिया पूरा गरेपछि स्वदेश ल्याइने जानकारी दिए । साउदले ब्रिफिङ गर्दै आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने जानकारी दिए । उनले नियमित फ्लाईटहरु मार्फत् पनि ल्याइने जानकारी दिए । ‘रेगुलर फ्लाईटबाट भएपनि नेपालीलाई देश फिर्ता गरिनेछ। परिवारले चिन्ता लिनु पर्दैन। सरकार समर्पित भएर लागेको छ’ उनले भने । ५०३ जनाले आउन आवेदन दिएकोमा अहिले २५४ जनालाई ल्याइएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

उनले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उठानमार्फत नेपालीहरूलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् ।

इजरायलबाट उद्धार गरिएका २५४ नेपालीलाई उपत्यकाभित्रको गन्तव्यमा पुर्‍याउनका लागि सरकारले बसको व्यवस्था गरेको छ ।
नेपाल प्रहरीका तीन वटा बसमा विद्यार्थीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुरमा उनीहरु तत्काल बस्ने ठाउँसम्म लैजान रातको समय भएकाले बसको व्यवस्था गरिएको हो ।

हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode