विश्व निकेतन माविमा अध्ययनरत छात्राले आत्महत्या गरेपछि विद्यार्थीको प्रदर्शन
काठमाण्डौ । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको विषयलाई लिएर विद्यार्थीले प्रदर्शन गरेका छन् । सप्तरी घर भई हाल सानेपा बस्दै आएकी सदीक्षा चौधरी बुधबारराति मृत भेटिएकी थिइन् ।
अनुशासन प्रमुखको विद्यालयका सहायक कर्मचारी तथा अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीले दिएको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले उनलाई निलम्बन गर्न माग गर्दै बिहिबार प्रदर्शन गरेका हुन् ।
विद्यार्थीको माग अनुसार शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको बैठकले अनुशासन विभाग प्रमुख लोहनीलाई बिहिबार नै निलम्बन गरिएको छ । कानुनी प्रकृयामा सहयोग गर्ने भएपछि आन्दोलनरत विद्यार्थीहरु घर फर्किएका छन् । मृतक चौधरीको शव पोष्टमार्टमका लागि पाटन शिक्षण अस्पतालमा राखिएको छ ।
क्याटेगोरी : जनगुनासो
प्रतिक्रिया