Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

रोहितको कप्तानी पारीको सहयोगमा नेपालले युएईलाई हरायो


काठमाण्डौ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएइले नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको मद्धतमा जित हासिल गर्यो । नेपालले ७ बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य हासिल गरेको हो ।

नेपालको जितमा कप्तान पौडेल र दिपैन्द्रसिंह ऐरीले ९३ रनको साझेदारी गरे । दिपेन्द्रले २३ बलमा ३४ रनको योगदान दिए । ओपनर आसिफ शेखले २३ र कुशल भुर्तेलले १४ रन जोडे । कुशल मल्ल ११ रनमा आउट भए । यसअघि पहिला ब्याटिङ गरेको युएइले वसिल हमिदको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो । युएइको सुरुवात खराब थियो । टी–२० अन्तर्राट्रियमा डेब्यू गरेका विकेट किपर खलिद शाह पहिलो ओभरको अन्तिम बलमा डक आउट भए भने अलिशान सराफू पनि मात्र ६ रनमा आउट भए ।

५४ रन जोड्दा ४ विकेट गुमाएको यूईएको पारी र वसिल हमिदले सम्हाल्ने प्रयास गरे । दुबैले पाँचौं विकेटका लागि ५६ रनको साझेदारी गरे । नसिर ३२ रनमा आउट भए । त्यसपछि पनि आक्रमण पारी खेलेका हमिदले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि अर्धशतक पुरा गरे । ३६ बलमा ५० रन बनाएका उनले ५१ रनमा आउट भए । आसिफ खानले १२ रन बनाए भने अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे। करनले चार ओभरमा केवल १९ रन खर्चिए । विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो । नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode