भाडामा लिएको गाउँपालिकाको गाडी लिएर कोन्ज्योसोमका अध्यक्ष लामा घुमघाममा मस्त
यो कस्तो सुशासन हो अध्यक्ष ज्यु ?
ललितपुर । सुशासनको चर्का नारा रटान गर्ने अनि वार्षिक नीति तथा कार्यक्रममा सशुासनकै भजन गाउँने ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले सुशासनकै धज्जी उडाएका छन् ।
गाउँपालिकाले पालिकाको प्रयोजनका लागि भाडामा लिएको गाडीको चरम दुरुपयोग गर्दै घुमघाम र मस्ती गरिरहेका छन । कार्तिक १३ गते पारिवारिक कामका लागि भन्दै पोखरा निस्किएका लामाले पोखरा सहित मनाङ र जोमसोम लगायतका स्थानमा घुमघाम समेत गरेर हाल पोखरामा मस्ती गरिरहेका छन् ।
पालिकाले भाडामा लिएको ग १ च ६४८० नम्बरको सवारी र चालक लिएर पारिवारिक कामका लागि भन्दै पोखरा पुगेका उनले सशुासन सँगै सरकारी श्रोत साधनको समेत धज्जी उडाएका हुन् । उनीसँगै कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ शंखु मगरगाउँ माध्यमिक विद्यालयका प्रअ फुलधोज लामा, सहायक प्रअ राजेश घिमिरे लगायत लामा निकटका ब्यक्तिहरु लिएर पोखरा पुगेका थिए ।
पालिकाका अध्यक्ष लामाको भ्रमण र सवारी साधन बारे पालिकाका सुचना अधिकारी चित्रदेव दाहालाई खोजमिसन न्युजले सम्पर्क गर्दा आफुलाई कुनै जानकारी नभएको जवाफ दिए । आफूँ इलामबाट विहिवार मात्रै फर्किएको बताउदै पालिका अध्यक्ष र सवारी साधन बारे कुनै जानकारी नभएको दाहालको भनाई छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृतले पालिका अध्यक्षको बचाउ गर्दै पारिवारीक कामका लागि पोखरा गएको जानकारी आफुलाई भएको तर पालिकाको सवारी साधन र सवारी चालक लगेकोबारे जानकारी नभएको खोजमिसन न्युजलाई जानकारी दिए ।
यस्तै घुमघाममा ब्यस्त रहेका पालिकाका अध्यक्ष लामाले भने आफुले पालिकाकाको सवारी र चालक लिएर पोखरा, मुस्ताङ र जोमसोम गएर हाल पोखरामा आईपुगेको स्वीकार गरेका छन् । उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गर्दै चाहेर सवारी साधनको दुरुपयोग नगरेको जवाफ दिएका छन् । उनले भने–“ आपतकालिन अवस्थामा कानुन नै पालना गनुपर्छ भन्ने छैन, व्यवहारिकता पनि बुझिदिनुपर्छ ।”
आफुले चाहेर दुरुपयोग नगरेको र बाध्यात्मक अवस्था आउँदा प्रयोग गर्न बाध्य भएको बताउँदै यस्ता गल्तीहरु अब देखि नदोहराउने समेत लामाले प्रतिबद्धता जनाएका छन् ।
उपत्यकावासी भएर पनि कोन्ज्योसोम गाउँपालिकाका स्थानीयले अझै यसको अनुभूत गर्न पाएका छैनन् । सडक, शिक्षा, खानेपानी, कृषकका समस्याहरु यथावत नै छन् । विकास निमार्णका काम हुँदै नभएका होईनन,् भएका ठाँउहरुमा ढिला हुँने र पारदर्शीता नहुँने लगायतका गुनासा स्थानियहरुले बारम्बार उठाउँदै आएका छन ।
यस्तै गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायतलाई कर्मचाहीरुले अटेर गर्न समयमा कार्यालयमा उपस्थीत भएर सेवाग्राहीलाई सेवा नदिने लगायतका गुनासाहरु पनि यथावत छन् । यस्तो अवस्थामा गाउँपाािलका अध्यक्षको गतिविधिले कोन्ज्योसोम गाउँपालिकामा सुशासन आउला ? यो प्रश्न पालिका अध्यक्ष लाई नै ?
क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया