भूकम्प प्रभावित क्षेत्रमा उपप्रधानमन्त्री खड्का, राहत वितरणमा केन्द्रित हुन निर्देशन

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामाग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै रक्षामन्त्रीसमेत रहेका खड्काले राहत वितरणमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।
खोज तथा उद्धारको काम सम्पन्न भइसकेकाले संघ, प्रदेश सरकार राहत र पुनस्थापनामा केन्द्रित भएको खड्काको भनाई छ । उनले आज र भोलिसम्ममा राहतका सबै सामाग्रीहरू जिल्लामा पुर्याईसक्ने बताए । खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेर भुकम्पमा परि घाइते हुनु भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका छन् ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया