भूकम्प पीडितका लागि दलहरुको सहयोग, कसले कति दिए ?

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री प्रचण्डलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
उपाध्यक्ष पम्फा भुसाल लागयत नेताहरुद्वारा ५० लाखको चेक सिंहदरबारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि चेक हस्तान्तर गरेका हुन् ।
त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई ५० लाख रुपैयाँको चेक बुझाएका छन् । भूकम्प पीडितको राहत एवं उद्धारका लागि देउवाले बालुवाटार पुगेर चेक बुझाएका हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख सहयोग गरेको छ ।
बालुवाटारमा पार्टी अध्यक्ष माधवकुमार नेपालले २५ लाखको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । उक्त चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ ।
एमालेले भूकम्पमा परी घरबारविहीन भएकालाई १ करोड रूपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने तयारी गरेको छ । यस्तै राप्रपाले जाजरकोट भूकम्प प्रभावितहरूलाई २५ लाख दिने भएको छ ।
शुक्रवार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पका परी १५१ जनाको मृत्यु भएको छ । २ सय भन्दा बढी घाइते भएका छन् । दुवै जिल्लामा सयौं घर भत्किएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया