भूकम्प पीडितलाई भूपालमानसिंह कार्की प्रज्ञापरिषद्को १० लाख सहयोग

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका लागि १० लाख रूपियाँ राशि प्रदान गर्ने निर्णय गरेको छ ।
भूपाल प्रज्ञापरिषद्का अध्यक्ष श्री लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा.बालमानसिंह कार्कीले आजै उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रूपियाँ राशिको चेक हस्तान्तरण गरे ।
शुक्रवार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पका परी १५१ जनाको मृत्यु भएको छ । २ सय भन्दा बढी घाइते भएका छन् । दुवै जिल्लामा सयौं घर भत्किएका छन् ।
क्याटेगोरी : देश
प्रतिक्रिया