Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

काठमाडौं महानगरले छाडा चाैपायाको संरक्षण गर्ने


ललितपुर । काठमाडौं महानगरपालिकाले सडकमा भेटिने छाडा चौपायाको संरक्षण गर्ने भएको छ। महानगरपालिका प्रमुख बालेन्द्र शाह ९बालेन०ले छाडा चौपायालाई संरक्षण दिने जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन् । उनले बिहीबारदेखि गाईबाच्छा संकलन गरी दक्षिणकाली नगरपालिका वडा नं। ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने जानकारी दिए।

प्रमुख बालेनले चौपायाका लागि १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेको पनि बताए। साथै उनले चौपाया हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएको पनि जानकारी दिए।

महानगरले दक्षिणकाली नगरपालिकाको वडा नं। ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा प्रबन्ध गर्ने पनि जनाएको छ।


क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode