नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
ललितपुर । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को आजको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन् ।
पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उनले बताइन् । उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया