Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

टिकटक बन्द गर्ने निर्णयबिरुद्ध सर्वोच्च अदालतमा आधादर्जन बढि रिट निवेदन दर्ता


काठमाण्डौ । टिकटक बन्द गर्ने निर्णयबिरुद्ध सर्वोच्च अदालतमा आधादर्जन बढि रिट निवेदन दर्ता भएको छ । टिकटक बन्द गर्ने निर्णय नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

दर्ता भएका रिट निवेदनहरुमाथि आगामी सोमबारबाट सुनुवाई हुने बरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए । त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने माग गरेको जानकारी दिए । संविधनमा हरेक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको अधिकार सुनिश्चिचता गरिएको भन्दै सरकारको निर्णय बदर गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै अधिवक्ता स्वागत नेपालले टिकटक बन्द गर्ने निर्णय आधारहिन भएकाले यसलाई बदर गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गरिएको बताए । अभिव्यक्ति स्वतन्त्रताको विपरित सञ्चारमाध्यमलाई प्रतिवन्द गराउनु जायज नभएको उनको भनाइ छ ।

टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीरका लागि पहिलो पेशी तोकेको हो ।

टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव खल्वलिएको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode