सडक आश्रित मानवहरुको समुचित व्यवस्थापनका लागि कानुन बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोगापेक्षी सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन हुने गरी कानून निर्माण गरिने बताएका छन् । मानवसेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा कार्यक्रमको समापन कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले बेवारिसे, असहाय, अनाथ, असक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन गर्न संघीय संसदको आउने अधिवेशनमा सो सम्बन्धी बिधेयक पेश गर्ने बताएका हुन् ।
उनले संघ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी मानव व्यवस्थापन गर्न आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने बताए । मानव सेवा आश्रमलाई आतिआवश्यक पर्ने भवन, जग्गा, बाहनलगायतका सेवा उपलब्ध गराउन पनि सरकार प्रतिबद्ध रहेको पनि उनको भनाई छ ।
सातै प्रदेशमा एक÷एक वटा सडक आश्रित मानव उद्धारका सवारी साधन उपलब्ध गराउने घोषणा गरेका छन् । उद्धार यात्रामा सडकमा अलपत्र परी बसेका बृद्धवृद्धा, युवा, बालबालिका गरी ३०४ जनाको उद्धार गरिएको मानवसेवा आश्रमले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया