प्रदीप पौडेलको नेतृत्वमा कांग्रेसले सुरु गर्यो भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माणको काम
जाजरकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास बनाउन आजैदेखि टोली खटाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा एक हजारवटा अस्थायी आवास बनाउने अभियान अनुसार पौडेल नेतृत्वको टोली जाजरकोट पुगेको हो ।
कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक हुनेछन् । पौडेल नेतृत्वको टोलीमा नेताहरु सुशील भट्ट, डिल्लीराम सुवेदी, पुष्प बस्नेत, दिपक कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, जीवन सुवेदी, नवराज डागी लगायत छन् ।
जाजरकोटको नलगाड नरगपालिका ४ र ५ नम्बर वडामा मंगलबारदेखि टहरा निर्माण कार्य सुरू गरिएको हो । नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर लगिएको छ । जाजरकोटमा सय जना स्वयंसेवी अस्थायी आवास निर्माणमा परिचालन हुने छन् । पौडेल नेतृत्वको टोली सय वटा अस्थायी आवास बनाए करिब एक सातापछि काठमाडौँ फर्किने नेता सुशील भट्टले जानकारी दिए ।
तस्विर: सुशील भट्ट, नेता, नेपाली कांग्रेस
क्याटेगोरी : देश
प्रतिक्रिया