Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरको कोन्ज्योसोमबाट कौडासहित जुवा खेल्दै गरेका १५ जुवाडे पक्राउ


ललितपुर । ललितपुर प्रहरीले कौडा सहित जुवा खेल्ने १५ जना लाई पक्राउ गरेको छ । प्रहरीले कोन्ज्योसोम गाउँपालिका वडा नं. १ तिमलडाँडास्थित श्याम तामाङको घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरको साथबाट प्रहरीले एक लाख त्रिहतर हजार एक सय दश रुपैयाँ र कौडा १६ थान बरामद समेत गरेको छ ।

पक्राउ पर्नमा कोन्ज्योसोम गाउँपालिका वडा नं. १ बस्ने बर्ष २३ को सोमराज घ्यावा ,कोन्ज्योसोम गाउँवपालिका वडा नं. १ बस्ने बर्ष ३७ को सुरेश लोप्चन ,कोन्ज्योसोम गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३५ को नविन लामा,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३२ को विष्णु तामाङ ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३६ को नरेन्द्र लोप्चन,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २७ को नविन लोप्चन ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३४ को श्याम तामाङ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३१ को दिपेश स्याङताङ ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २९ को सन्त सिङताङ ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४२ को अनिल तामाङ ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४३ को मान बहादुर तामाङ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ चस्ने वर्ष ४४ को सुसिल तामाङ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २६ को मानसिंह सिङताङ ,महाँकाल गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४४ को कृष्णमान स्वाङताङ र महाँकाल गाउँपालिका वडा नं. २ मानिखेल बस्ने वर्ष ३८को राजनकुमार तामाङ रहेका छन ।

आईतबार दिउँसो ३ बजे विशेष सुराकीको आधारमा प्रहरीले उनीहरलाई पक्राउ गरेको हो ।  यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज कार्काीले खोजमिसन न्युज लाई जानकारी दिए ।

 

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode