गोरखा पुगेका ओलीले के भने ?

गोरखा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई सफल बनाउनैपर्ने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा, २०८० अन्तर्गत शनिबार गोरखामामा आयोजित कार्यक्रममा ओलीले बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताका हुन् ।
बूढीगण्डकी आयोजना निर्माण गर्न ठुलो क्षेत्रफलका लागि धेरै रकम मुआब्जा दिइसकेकाले पनि यसलाई निर्माण गर्नैपर्ने उनको भनाई छ । नेपालका परियोजना नेपालाई फाइदा हुने गरी जुन देशले बनाउँछु भन्छन् त्यही देशलाई दिनुपर्ने ओलीले प्रष्ट पार । उनले एउटा छिमेकीलाई परियोजना दिनै पर्ने अर्कोलाई दिनै नहुने भन्ने हुन नसक्ने स्पष्ट पारे ।
अहिलेको अवस्थामा नेपाल सरकार आफैँले ठूला ठुला आयोजनाको काम गर्न नसक्ने उनको भनाई छ । ओलीले कर्मचारीलाई तलब खुवाउनै ऋण लिने सरकारले कर्णाली जस्ता ठुला आयोजना आफैँ बनाउँछौँ भन्ने कुरा गफ मात्रै हुने तर्क गरे ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया