४ करोड रुपैयाँ लिएर भागेका आरक्ष सहकारीका अध्यक्ष र सीईओ डेढवर्षसम्म फरार,बचतकर्ताको विचल्ली
ललितपुर । बचतकर्ताको पाँच करोड रुपैयाँभन्दा बढी रकम लिएर भागेका आरक्ष बचत तथा ऋण सहकारीका अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी कमल न्यौपाने डेढवर्षदेखि फरार छन्। जसका कारण हिनामिना भएको रकम बचतकर्ताले फिर्ता पाउन सकेका छैनन्।
सहकारीका सीईओ कमल न्यौपाने अध्यक्ष शारदा आचार्यका श्रीमान् हुन्। तीन स्थानबाट कारोबार गर्दै आएको आरक्ष समस्याग्रस्त भएको छ भने अध्यक्ष र सीईओ फरार छन्। गत २०७९ भदौ २ गतेदेखि फरार भएका दुवैजनाबारे काठमाडौं महानगरले ताकेता गरेर सहकारी विभाग हुँदै प्रहरीसम्म विषय पुर्याएको थियो। सम्पर्कमा नआएपछि काठमाडौं प्रहरी परिसर टेकुलाई काठमाडौं महानगरले छानबीन र खोजबीन गरिदिन पत्रसमेत काटेको थियो।
२०७९ भदौ ९ गतेसम्म खुलेको सहकारीमा अध्यक्ष र सीईओ फरार भएको सूचना पाएपछि अन्य सञ्चालकहरूले बचत फिर्ता गर्न नसक्ने सूचना सहकारीको कार्यलयमा टाँस गरेका थिए। आरक्ष सहकारीले सितापाइला, चाबहिल र माछापोखरीको बुद्ध मलबाट कारोबार गर्दै आएको थियो। तीनवटै शाखाबाट करिब ४ करोड रुपैयाँ हिनामिना गरेको प्रारम्भिक अनुमानसहित महानगरले प्रहरीलाई छानबीन र पक्राउ गर्न परिपत्र गरेको थियो। तर अहिलेसम्म पनि उनीहरू सम्पर्कमा आएका छैनन्।
क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, देश, प्रमुख समाचार
प्रतिक्रिया